आदरणीय महानुभावहरु, शैक्षिक विकासको लागि विद्यालयको तर्फ बाट गुणस्तर सुनिश्चित गर्न, सिकाइलाई प्रभावकारी र समयसापेक्ष प्रविधिमैत्री बनाउने कोसिस गरिएको छ । शिक्षण सिकाइ प्रक्रियामा उपलब्ध श्रोत साधनको उच्चतम प्रयोग गर्दे शैक्षिक योजना तथा कार्यक्रमको तर्जुमा गरी प्रभावकारी कार्यान्वयनमा विद्यालय अगाडि बढिरहेको छ । विद्यालयमा कम्प्युटर कक्षा, विज्ञान प्रयोगशाला, ई पुस्तकालयको स्थापना गरी मल्टिमिडियामार्फत पठनपाठन गराउँदै आएका छौं ।
प्रविधिलाई शैक्षिक प्रवद्र्धनको मुख्य साधनको रुपमा लिई स्थानीय सरकार, प्रदेश तथा विभिन्न दातृसंस्थाहरुबाट सहयोग जुटाई शिक्षक, विद्यार्थी, अभिभावक लगायत सम्पूणर् सरोकारवालाहरुको शैक्षिक पहुँच वृद्धि गराउने प्रयास भइरहेको अवगत गराउन चाहान्छु । यस विद्यालयलाई यहाँहरुको अमूल्य सुभाव सहयोगको अपेक्षा गर्दै हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु।
- सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
- सार्वभौम भई फैलिएका, मेची-महाकाली।
- प्रकृतिका कोटी-कोटी सम्पदाको आँचल
- वीरहरूका रगतले, स्वतन्त्र र अटल
- ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
- अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
- बहुल जाति, भाषा, धर्म, संस्कृती छन् विशाल
- अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।[३]